ओलम्पियनलाई आजीवन मासिक भत्ता

काठमाडौं - राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । 

राखेपद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन शुरु गरेको थियो । 

त्यस्तै पहिलो दक्षिण एसियाली खेलकूद ९साग० देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । चौरानब्बे ९४ स्वर्ण पदकधारीलाई मासिक रु पाँच हजारका दरले कूल रु ४० लाख वितरण गरियो । विसं २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा आठ महिनाको मासिक रु पाँच हजारका दरले दिनुपर्ने पुरस्कार वितरण गरिएको हो । 

त्यस्तै एसियाली खेलकूदका पदक विजेतालाई पनि २०७४ मंसिरदेखि २०७५ असारसम्म आठ महिनाको एक पदकका लागि रु पाँच हजारका दरले रकम प्रदान गरिएको थियो । आठ जनालाई जम्मा रु चार लाख ४० हजार वितरण गरिएको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४१२ खेलाडीलाई जम्मा रु १९ लाख २५ हजार प्रदान गरियो । 

त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए । तीस खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही रु १५ हजार पाए । तेक्वान्दोको हकमा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकाले चारै जनालाई जनही रु सात हजार ५०० नगद पुरस्कार दिइयो । 

प्रतिकृया दिनुहोस

प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’ प्रयोग हुने भएको छ । गएकाे संस्करणको विश्वकपमा प्रयोग भएको भार प्रिमियर

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलाे जित

आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।  लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले मंगलबार राति आएरल्याण्डलाई

मेस्सीले दुई गोल गरे तर, टरेन बार्सिलोनाको हार

काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीको दुई गोलका बाबजुद बार्सिलोनाले घरेलु मैदानमा दुई वर्षमा पहिलो लिग म्याच हारेको छ । आइतबार राति