पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र छोरी मरियम पक्राउ

काठमाडौं, असार ३० । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् ।

आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् ।

उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पुर्‍याइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा लैजान लागिएको भए पनि सरिफ नमानेपछि विमानमार्फत् रावलपिन्डिको अडियाला जेलमा पुर्‍याइएको हो ।

सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए ।

शरिफलाई तत्काल अडियाला जेलमै राखिने भएको छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामावादस्थित प्रहरी प्रतिष्ठान लगिने भएको छ

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि सञ्चारमाध्यमहरुसँग कुरा गर्दै शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाएका थिए । 

उनले सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै यसले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दाबीसमेत गरे ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो ।

अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा पुगेका थिए । पाकिस्तानमा यही जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

सीएनएनका पत्रकार एकोस्टाको प्रेस पास फिर्ता गर्न राष्ट्रपति ट्रम्पलाई अदालतको आदेश

अमेरिकाको एउटा अदालतले केबल न्यूज नेटवर्क(सीएनएन) का वरिष्ठ पत्रकार जिम एकोस्टा प्रेस पास फिर्ता गर्न ह्वाइट हाउसलाई निर्देशन दिएको छ । यसै महिना

इटालीमा अाँधीपछि अाएकाे बाढीकम एकै परिवारका ९ जनासहित १२ जनाकाे मृत्यु

इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका ९ जनासहित १२ जनाको ज्यान गएकाे छ ।  यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण

‘पत्रकार खशोग्गीको शव टुक्रा–टुक्रा पारेर एसिडमा जलाइयो’

टर्कीका वरिष्ठ अधिकारी यासिन आकतायले पत्रकार जमाल खसोग्गीको शव काटेर टुक्रा–टुक्रा पारी एसिडमा हालिएको हुनसक्ने बताएका छन् ।  अहिलेसम्म