‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

  निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा देउसी भईलोबाट आफ्नो गायन यात्रा सुरु गरेका श्रेष्ठले युरोपमा उच्च शिक्षा अध्ययनको क्रममा समेत आफ्नो गायन यात्रालाई बिश्राम दिन चाहेनन् ।

अध्ययनपछि  स्वदेश फर्की यही माटोमा केही गर्न पर्छ भनी जल बिद्धुत आयोजना मार्फत देश उज्यालो पर्न लागि रहेका  गायक श्रेष्ठ हाल कावेली ईनर्जी लिमिटेडको काबेली ए जलबिद्युत आयोजनामा प्रवन्धकका रुपमा कार्यरत छन् ।

निरन्तर मेहनत र लगनशिलताले हरेक ब्यक्तिलाई सफलता प्राप्त हासिल गर्न बाट कसैले रोक्दैन भन्ने उदाहरण बनेका छन् ईन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठ । गायक श्रेष्ठको हरेक गीतमा अधिक गाउले भाका र शब्दको प्रयोग अनि  श्रेष्ठको मर्मस्प्रशी स्वर नै गायक श्रेष्ठ अवार्डको हकदार बनेको बताउछन् पाँचथर अमरपुरका खगेन्द्र शिगु ।

अवार्ड कार्यक्रमपछि  कुरा गर्दै  गायक श्रेष्ठले दर्शक श्रोताको अपार माया र स्नेहले यो सफलता हात परेको बताएका छन् । ताप्लेजुङ्को बिकट सिरिजङा गाउँपालिकाको सिनाममा जन्मेका गायक बिरेन्द्र श्रेष्ठ आँफैमा एउटा पूर्वको चम्किलो हिराको रुपमा उदाएका छन् ।

प्रतिकृया दिनुहोस

मेक्सिकोकी भेनिसा ‘मिस वर्ल्ड’, शृङ्खला शीर्ष १२ बाट बाहिरिइन्

काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् । ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

'म त पिरिममा' को भिडियो प्रतियोगिताका लागि ५० हजार पुरस्कार

काठमाडौं: माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म 'गरुढ पुरण' ले फिल्ममा समावेस गीत 'म त पिरिम मा' को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ। 'मदानी

ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ, नेपालीहरुका लागि एकैसाथ दाेहाेराे खुशी

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी