काठे पुलमा मोटर सरर.........

ताप्लेजुङ/ ग्रामिण भेगमा नदिको बहाव घट्दै गएपछि बाटोलाई छोटो बनाउन र त्यसवाट मान्छे आवत-जावत गर्न फड्के थाप्ने चलन छरु। लामो बाटो नघुम्न र छिटो गन्तव्यमा पुग्न गाउँ टोललाई अनुकूल हुनेगरी फड्के बनाउने चलन अझै हराएको छैन ।

 

पछिल्लो समय गाउँगाउँमा सडक पनि पुगेका छन् । अहिले खोला नदीमा गाडी आवतजावतका लागि पनि यस्तै विधि अपनाउन थालिएको छरु। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा काठको अस्थायी पुल बनाउने क्रमले पनि गति पाएको छ।

 

एकपछि अर्को अस्थायी पुल बन्न थालेका छन्रु। यो स्थायी नभइ हिउँदभरका लागि मात्रै होरु। बर्खा लागेपछि यस्ता पुललाई कि निकालेर राख्नुपर्छ कि त खोलाले वगाउँछ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम र लिङ्खिम जोड्ने खोलामा यस्तै काठको अस्थायी पुलको निमार्ण गरिएको छ ।

 

अस्थायी पुल निमार्ण भैसकेपछि अहिले धमाधम सवारी साधन सञ्चालनमा छन् । सो गाउँपालिकाको अन्य स्थानमा पनि काठको अस्थायी पुल निमार्ण गरिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए । गाउँपालिकाद्वारा तापेथोक-ईखाबु र रानिपुल-लेलेप सडक खण्डमा पर्ने तमोर नदिमा अस्थाई पुल बनाएको हो । पुलमार्फत पहिलो पटक जिल्लाका ईखाबु र लेलेपमा सवारी साधन पुगेको छ ।

 

सवारी साधन पुगेपछि त्यहाँका स्थानिय खुसी बनेका छन् । गाउँपालिकाको ४ लाख ५० हजारको लागतमा पुल बनाइएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताएका छन् । सो गाउँपालिकाकाले मानाभारा महात्सवको अवसर पारेर स्थानीयको सक्रियतामा पहिलो पटक अस्थायी पुल निमार्ण गरी सवारीसाधन सञ्चालन गरेको थियो । त्यसअघि नै सानिमा हाइडूोपावरले तमोर नदीमा अस्थायी रुपमा पुल निमार्ण गरेको थियो ।

 

नदीमा छ वटा होमपाइप हालेर फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा गाडी आवतजावत गर्ने बनाइएको छ। थुम्वा बेंसी छेउमा तमोर नदीमा होमपाइपबाट पानी कटाइएर त्यसमाथि गाडी गुड्ने बनाइएको छ। त्योसँगै मिक्वाखोला गाउँपालिका को वडा नं ३ लिवाङ सम्म सवारी साधन पुगेको छ । “अस्थायी पुलले गर्दा घरैसम्म गाडी आयो ।” खेजेनिमका राजेन्द्र वहादुर लिम्बूले खुसी हुँदै भने “पहिले पहिले हामी फड्केवाट खोला वारपार गथ्यौँ । अहिले त गाडी पनि फड्केवाट तर्दै छ ।”

 

यहाँ पुल बने ओलाङचुङगोला र लेलेपका बासिन्दालाई गाउँपालिकाको केन्द्र तापेथोक र सदरमुकाम फुङलिङ आउन सहज हुन्छ भने पर्यटकीय कञ्चनजंघा क्षेत्र र ओलाङचुङगोला जानेका लागि राहत हुन्छ। तर होम पाइपभन्दा काठको पुल भरपर्दो हुने स्थानियको बुझाई छ । 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप गरिने

विश्व शान्ति तथा सम्पूर्ण प्राणी जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० देखि २२ गते सम्म

विपद जोखिम न्यूनिकरण गर्न नमुना अभ्यास

विभिन्न प्राकृतिक विपद्ले दुःख दिइरहने जिल्ला मध्ये एक हो ताप्लेजुङ । आगलागि र बाढि पहिरो जस्ता विपद्का कारण यहाँका नागरिकले वर्षेनी करोडौंको क्षति

शैक्षिक विकासका लागि ५ बुदें ताप्लेजुङ घोषणा–पत्र जारी

पाँचबुंदे शैक्षिक घोषणा–पत्र जारी गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी जिल्लाभरका माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुको गोलमेच सम्मेलन