ताप्लेजुङमा बिहेमा चाहे अनुसारको गीत नबजाउँदा हतियार प्रहार

ताप्लेजुङ । बिहेमा आफुले चाहे अनुसारको गित नबजाएको विषयमा विवाद हुँदा ताप्लेजुङमा ३ जना घाईते भएका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ सिमलबोटेमा आईतवार राती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा युवाहरुविच विवाद भएको थियो । विवादका क्रममा सोही स्थानका ४–५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, ३० वर्षका पेम्बा शेर्पा र ३२ वर्षका पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप गरिने

विश्व शान्ति तथा सम्पूर्ण प्राणी जगत्को हितका लागि ताप्लेजुङमा तेस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । आगामी चैत्र २० देखि २२ गते सम्म

विपद जोखिम न्यूनिकरण गर्न नमुना अभ्यास

विभिन्न प्राकृतिक विपद्ले दुःख दिइरहने जिल्ला मध्ये एक हो ताप्लेजुङ । आगलागि र बाढि पहिरो जस्ता विपद्का कारण यहाँका नागरिकले वर्षेनी करोडौंको क्षति

शैक्षिक विकासका लागि ५ बुदें ताप्लेजुङ घोषणा–पत्र जारी

पाँचबुंदे शैक्षिक घोषणा–पत्र जारी गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा जारी जिल्लाभरका माध्यमिक बिद्यालयहरुका प्रधानाध्यापकहरुको गोलमेच सम्मेलन