द्वन्द्वका मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब

काठमाडौं, माघ २८ । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्रीलाई आन्तरिक रुपमै टुंग्याउन आग्रह गरेका हुन् ।

केही दिन यता दाहाल र ओलीबीचको मनमुटाव सतहमा देखिएको छ । यही सन्दर्भमा उनीहरुबीच शनिबार बिहान छलफलसमेत भएको थियो । छलफलमा दाहालले सत्यनिरुपणको विषयलाई सरकार, सदन र राजनीतिक दल मिलेर टुंग्याउने मर्म बुझेर काम अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । –कान्तिपुर दैनिकबाट

 

प्रतिकृया दिनुहोस

खाली झगडा : सरकारभन्दा कर्मचारी शक्तिशाली

काठमाडौं : सरकार बनेसँगै कर्मचारी-सरकारबीच तिक्तता सुरु भयो। यो अहिले पनि निरन्तर छ। कर्मचारीविरुद्ध मन्त्रीहरू आक्रामक रूपमा प्रस्तुत हुन

दाहालको वक्तव्यमा शब्द चिप्लिएको : प्रधानमन्त्री

काठमाडौं, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी

कार्यदलमा सहमति नहुँदा नेकपामा अन्योल

ठमाण्डौ –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन