महिला फुटबलको उपाधि ताप्लेजुङलाई

 प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको आयोजनामा अर्जुनधारा–९ स्थित नमुना सामुदायिक वन उपभोक्ता समुहको खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पारिजात महिला फुटबल क्लब झापालाई २–१ गोल अन्तरले पराजित गर्दै ताप्लेजुङले उपाधि जितेको हो ।

विजेता टीमको लागि खेलको ६१ औं र ६६ औं मिनेटमा सुष्मा खातीले गोल गरेकी थिइन् । यता उपविजेता टीमको लागि खेलको ६४ औं मिनेटमा संरचना श्रेष्ठले गोल गरेकी थिइन् ।

जितसँगै विजेता ताप्लेजुङ र उपविजेता झापाले क्रमश नगद एक लाख एक हजार र ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको वुमन अफ दी टुर्नामेन्ट संरचना श्रेष्ठ (झापा), बेस्ट गोलकिप्पर यमुना गुरुङ (ताप्लेजुङ), बेस्ट डिफेन्स खुस्मा राई (झापा), बेस्ट मिडफिल्डर सम्झना लावती (झापा), बेस्ट फरवार्ड सुष्मा खाती (ताप्लेजुङ) घोषित भए ।

प्रतिकृया दिनुहोस

आर्सनलका मिडफिल्डर राम्से इटालियन क्लब युभेन्टसमा अनुबन्ध

आर्सनलका मिडफिल्डर आरोन राम्सेले महंगो रकममा इटालियन क्लब युभेन्ससँग सम्झौता गरेका छन् । यो समर ट्रान्सफर विन्डोमा क्रिस्टियानो रोनाल्डोले

ताप्लेजङ फाइनलमा

ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ

म्यानचेस्टर सिटीसँग आर्सनल पराजित, सर्जियो अगुएरोको ह्याट्रिक

काठमाडौं, माघ २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा म्यानचेस्टर