ताप्लेजङ फाइनलमा

ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तिम सेमिफाइनलमा झपाको कन्काई फुटबल क्लवलाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि खेलको निर्णय ट्राइबेरबाट लिइएको थियो । ताप्लेजुङका लागि अनुस्का शेर्पा, पवित्रा लिम्बु र हिना मगरले गोल गरे ।

 

ताप्लेजुङको जितमा गोलकिपर यमुना गुरुङ नायक बनिन् । ट्राइबेकरमा झापाका खेलाडीको एउटा प्रहार  र खेल अवधिभरमा आधा दर्जन प्रहार बचाएकी गुरुङ म्यान अफ द म्याच घोषित भइन् । झापाका दुई खेलाडीको प्रहार बाहिरिएको थियो । गोलकिपर गुरङले २ हजार नगद पुरस्कार प्राप्त गरिन् ।

 

ताप्लेजुङले शुक्रबार उपाधिका लागि आयोजक पारिजात फुटबल क्लवसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक डिके मादेनले जानकारी दिए । पारिजात सुनसरीको माउण्ट एभरेष्ट क्लवलाई पाखा लगाउँदै फाइनल पुगेको टिम हो । विजेताले ट्रफीसहित नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार पुरस्कार पाउनेछन् । 

प्रतिकृया दिनुहोस

आर्सनलका मिडफिल्डर राम्से इटालियन क्लब युभेन्टसमा अनुबन्ध

आर्सनलका मिडफिल्डर आरोन राम्सेले महंगो रकममा इटालियन क्लब युभेन्ससँग सम्झौता गरेका छन् । यो समर ट्रान्सफर विन्डोमा क्रिस्टियानो रोनाल्डोले

महिला फुटबलको उपाधि ताप्लेजुङलाई

 प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ

म्यानचेस्टर सिटीसँग आर्सनल पराजित, सर्जियो अगुएरोको ह्याट्रिक

काठमाडौं, माघ २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा म्यानचेस्टर