म्यानचेस्टर सिटीसँग आर्सनल पराजित, सर्जियो अगुएरोको ह्याट्रिक

काठमाडौं, माघ २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जियो अगुएरोले ह्याट्रिक गरे । आर्सनलका लागि फ्रेन्च डिफेन्डर लरेन कोसेल्नीले एक गोल फर्काए ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० ले हरायो । युनाइटेडलाई जित दिलाउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे । 

गएरातिको जितसँगै म्यान्चेस्टर सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्याम हट्सपरको ५७ अंक छ ।

५० अंकसहित चेल्सी चौथो स्थानमा उक्लिँदा ४८ अंकसहित म्यान्चेस्टर युनाईटेड पाँचौं तथा ४७ अंकसहित आर्सनल छैटौं स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

आर्सनलका मिडफिल्डर राम्से इटालियन क्लब युभेन्टसमा अनुबन्ध

आर्सनलका मिडफिल्डर आरोन राम्सेले महंगो रकममा इटालियन क्लब युभेन्ससँग सम्झौता गरेका छन् । यो समर ट्रान्सफर विन्डोमा क्रिस्टियानो रोनाल्डोले

महिला फुटबलको उपाधि ताप्लेजुङलाई

 प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ

ताप्लेजङ फाइनलमा

ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ