हराएको साढे चार लाख रुपैयाँ भेटिँदा ...

सिन्धुली –  कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उहाँको खुसीको सीमा नै थिएन । आइतबार काठमाण्डाैबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो ।

शान्तिनगर चोकमा झर्नुभएका श्रेष्ठले झोला सडक छेउमा राख्नुभयो । त्यही क्रममा उहाँले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर जानुभयो । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाउनुभयो । तत्काल उहाँले प्रहरीलाई फोन गरी झोला साटिएको जानकारी गराउनुभयो । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाल्याे ।

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाण्डाैतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै रु साढे चार लाख फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो ।

“झोला भेटिँदा निकै खुसी लाग्यो,” प्रहरी सहायक निरीक्षक पाण्डेले भन्नुभयो, “प्रहरीलाई तत्काल खबर गरेकाले पैसा भेटाउन सम्भव भएको हो ।” समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी यो रकम बुझाउन जाँदै गरेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

सेनामा डेढ अर्बको चलखेल

काठमाडौ : नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

काठमाडौं – लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो

एक हजार तीनसय युवालाई टर्की पठाएर ३० करोड ठगी

काठमाडौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको