नेपालले टस जित्यो

नेपाल र युएईबीचको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ ।

युएईको आईसीसी क्रिकेट एकेडेमीमा केहिबेरपछि शुरु हुनेछ । युएइविरुद्धको तीन एकदिवसीय श्रृंखला २–१ ले जितेको नेपाल तीन खेलको टि–ट्वान्टी श्रृंखला पनि जित्ने दाउमा छ ।

कप्तान पारस खड्काले एकदिवसीय श्रृंखलाको ऐतिहासिक जितले टिमको मनोबल उच्च भएको भन्दै टि–ट्वान्टी श्रृंखला पनि जित्ने विश्वास व्यक्त गरेका छन् ।

सन् २०१४ मा टि–ट्वान्टी विश्वकपमा प्रतिष्पर्धा गरिसकेको नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय टि–ट्वान्टी श्रृंखला जित्न सकेको छैन । यसअघि नेदरल्याण्ड्स र हङकङसँग खेलेको अन्तर्राष्ट्रिय टि–ट्वान्टी श्रृंखला नेपालले गुमाएको थियो । यो श्रृंखला जित्न सके नेपाली क्रिकेट टिमले अर्को इतिहास रच्नेछ ।

प्रतिकृया दिनुहोस

आर्सनलका मिडफिल्डर राम्से इटालियन क्लब युभेन्टसमा अनुबन्ध

आर्सनलका मिडफिल्डर आरोन राम्सेले महंगो रकममा इटालियन क्लब युभेन्ससँग सम्झौता गरेका छन् । यो समर ट्रान्सफर विन्डोमा क्रिस्टियानो रोनाल्डोले

महिला फुटबलको उपाधि ताप्लेजुङलाई

 प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ

ताप्लेजङ फाइनलमा

ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ