लिम्बुवानको अधिबेशन चैत्रमा

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल, ताप्लेजुङको जिल्ल अधिबेशन आगामी चैत्र २७ र २८ गते हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गरि बिस्तारित बैठकको निर्णय सार्बजानिक गर्दै सो जानकारि गराइएको हो । 

बैठबले १ नम्बर प्रदेशलाई लिम्बुवान स्वायत्त गणराज्य स्थापित गराउनको लगि जस्तोसुकै आन्दोलनको प्रतिबद्धताको निर्णय भएको बताइएको छ । पछिल्लो समय बहसमा बिनापहिचानको नाम आएको छ । तर, मञ्च लिम्बुवानको पक्षमा कुनै हालतमा उभिने बिज्ञप्तिमा उल्लेख छ । 

 

जिल्ला कार्य समितिको माघ १२ गते बसेको बिस्तारित बैठकले ताप्लेजुङका ९ ओटा स्थानीय तहमा संयोजक पनि तोकिएको जिल्ला इन्चार्ज भूपेन्द्र माबोले जानकारि दिए । फक्ताङलुङ गाउँपालिकामा मुक्साम लाबुङ, मिक्वाखोला एबी साँबा, मेरिङ्देन रुपा चोङ्बाङ, मैवाखोला सुकराज थोप्रालाई जिम्मा दिइएको छ । 

त्यस्तै, आठराईत्रिबेणी नरेन्द्र आङबुहाङ, फुङलिङ नगरपालिका अमृता गुरुङ, पाथीभरा याङवरक राम साम्सोहाङ, सिरिजंगा जलन माङमु र सिदिङबा गाउँपालिकामा बिकल्प लिङदेनलाई संयोजकको जिम्मा दिइएको माबोले जानकारि दिए । 

प्रतिकृया दिनुहोस

खाली झगडा : सरकारभन्दा कर्मचारी शक्तिशाली

काठमाडौं : सरकार बनेसँगै कर्मचारी-सरकारबीच तिक्तता सुरु भयो। यो अहिले पनि निरन्तर छ। कर्मचारीविरुद्ध मन्त्रीहरू आक्रामक रूपमा प्रस्तुत हुन

द्वन्द्वका मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब

काठमाडौं, माघ २८ । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी

दाहालको वक्तव्यमा शब्द चिप्लिएको : प्रधानमन्त्री

काठमाडौं, माघ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी