एक हजार तीनसय युवालाई टर्की पठाएर ३० करोड ठगी

काठमाडौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ ।

टर्कीको इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए पनि त्यस विपरीत म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म असुलेको खुलासा भएपछि कामदार फिर्ता पठाएको हो ।

१३ सय युवाबाट करिब ३० करोड रुपैयाँ ठगी भएको अनुमान गरिएको छ ।

एउटा म्यानपावरको धरौटी ३० लाखमात्र हुने भएकाले यति धेरै ठगीबाट पीडितलाई कसरी क्षतिपूर्ति दिने भन्ने समस्या देखिएको छ । –नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

सेनामा डेढ अर्बको चलखेल

काठमाडौ : नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले

हाम्रो ध्यानाकर्षण भएको छ : राष्ट्र बैंक

काठमाडौं – लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो

हराएको साढे चार लाख रुपैयाँ भेटिँदा ...

सिन्धुली –  कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उहाँको