चीनलाई पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा

इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । चीनलाई ३–० ले हराउँदै इरान अन्तिम चारमा पुग्न सफल भयो । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ । 

यूएईको आबुधावीमा रहेकाे मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक एक गोल गरे । तारेमीले १८औं मिनेटमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा अज्मउनले गोल गरेपछि इरानले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा अन्सारिफार्दले गोल गरेपछि इरान सहजरुपमा सेमिफाइनलमा पुगेको हो ।

यसअघि भियतनामलाई १–० ले हराउँदै जापान सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस

आर्सनलका मिडफिल्डर राम्से इटालियन क्लब युभेन्टसमा अनुबन्ध

आर्सनलका मिडफिल्डर आरोन राम्सेले महंगो रकममा इटालियन क्लब युभेन्ससँग सम्झौता गरेका छन् । यो समर ट्रान्सफर विन्डोमा क्रिस्टियानो रोनाल्डोले

महिला फुटबलको उपाधि ताप्लेजुङलाई

 प्रदेश नम्बर १ स्तरीय सुखानी सहिद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टीङ क्लब ताप्लेजुङले जितेको छ

ताप्लेजङ फाइनलमा

ताप्लेजुङको कर्णसिंह सोनाम स्मृती क्लब झापामा जारी प्रदेश नं १ जिल्ला स्तरीय सुखानी शहिद मेमोरियल महिला फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ