किन सुस्तायो चीनको चामत्कारिक विकास ? नेपाललगायत मुलुकमा असर

एजेन्सी । पछिल्ला केही वर्षदेखि चामत्कारिक विकास गर्दै आएको छिमेकी चीनको आर्थिक गतिविधिमा आएको सुस्तताले संसारलाई चकित पारिदिएको छ । औद्योगिक मुलुकको उपनाम पाएको चीनमा देखापरेको आर्थिक हालत विश्व अर्थव्यवस्थाकै लागि चिन्ताको विषय बन्न पुगेको छ । त्यस विशाल मुलुकको डिसेम्बर २०१८ को निर्यात अघिललो वर्ष सोही महिनाको तुलनामा ४.४ प्रतिशत घटेको छ । निर्यातमात्र होइन आयातमा पनि अप्रत्याशित गिरावट आएको छ । यही अवधिमा उसको आयातमा ७.६ प्रतिशतले गिरावट आएको छ । चीनबाट वस्तु आयात गर्ने मुलुकहरुले माग नै कम गर्न थालेका छन् । पछिल्लो १९ महिनामा पहिलो पटक चीनको निर्माण गतिविधि (म्यानुफ्याक्चरिङ एक्टिभिटिज) मा कमी आएको छ । नयाँ अर्डर घटेको छ भने खुद्रा बिक्रीको हालत पनि त्यस्तै छ । कम्पनीहरुले बिक्री बढाउन छुटको व्यवस्था गर्दा पनि काम लागेको छैन । ही कम्पनीको क्यापसिटी युटिलाइजेसन ४० देखि ५० प्रतिशतसम्म घटेको छ । प्रायः ऋण नपाउने त्यहाँका निजी कम्पनीहरुलाई सरकारले सहयोग पनि गरेको छैन । मुडिज इन्भेस्टर सर्भिसका अनुसार जनवरी २०१४ देखि डिसेम्बर २०१८ सम्ममा जुन कम्पनीले डिफल्ट (भुक्तानी नगर्ने) गरे तीमध्ये अधिकांशले सरकारी सहयोग पाएका छैनन् । 

 

ठूलो चिन्ताको विषय

 

चीनको कर्जाको आकार निकै बढ्दै छ । साथै, खराब ऋण (ब्याड लोन) को जोखिम पनि बढिरहेको छ । चीनका आमनागरिक सरकार तथा कम्पनीहरुको कर्जा जीडीपीको करिब ३ गुणा हुन पुगेको छ ।  औद्योगिक उत्पादनमा वृद्धि भए पनि त्यो निकै सुस्त छ । साथै, ग्राहकमा आएको कम खर्च गर्ने बानीले कम्पनीहरुको प्रफिट मार्जिन घट्न पुगेको छ । यसले बढी मात्रामा रोजगारीमा असर गर्ने खतरा हुन्छ । 

 

चीनमा माग कम हुनुको असर संसारभर पर्न गएको छ । त्यहाँ गाडीदेखि आईफोनसम्मको बिक्री घटेको छ । यसबाट एप्पल, जगुआर तथा ल्यान्डरोभरजस्ता कम्पनी चिन्तित हुन पुगेको छन् । चीनको एक्सपोर्ट हब मानिएको गुआङदोङस्थित केही कम्पनीले यसपटक नयाँ वर्षको छुट्टी निकै अघिदेखि नै दिएका थिए । यसो हुनुको प्रमुख कारणमा अमेरिका–चीनको ‘ट्रेडवार’लाई ठानिएको छ । 

 

चिनियाँ मन्दीको असर 
चिनियाँ उद्योगहरुको ‘इन्टरनेसनल सप्लाइ चेन’सँग निकै नजिकको सम्बन्ध छ । यो शताब्दी अर्थात २०२१ को आगमनसँग वैश्विक आर्थिक गतिविधिमा चीनको हिस्सा ७ प्रतिशत थियो, जुन यो वर्ष बढेर १९ प्रतिशतसम्म पुग्ने अनुमान छ । चीनको अर्थतन्त्र यस्तो गतिमा बढेको छ कि त्यहीँबाट अन्य थुप्रै मुलुकका उत्पादनहरुको मूल्य तय हुने गरेको छ । 

 

संसारभर उत्पादन हुने स्टिल, तामा, कोइला तथा सिमेन्टको आधा भाग चीनले खपत गर्छ । अब चीनले ती वस्तुको माग घटायो भने मूल्य पनि स्वतः घट्ने नै भयो । यसको असर चौतर्फी पर्छ नै । 

 

के गर्दैछ चीन ?
चीनले आफ्ना विभिन्न निर्माण परियोजनाहरुमा तीव्रता दिन थालेको छ । कतिपय क्षेत्रमा ट्याक्स घटाइदिएको छ । माग वृद्धि गराउनका लागि केही वस्तुमा आयात शुल्क (इम्पोर्ट ड्युटी) घटाइदिएको छ । 

 

यतिमात्र होइन, सानासाना उद्योगमा फन्डिङका लागि चिनियाँ सेन्ट्रल बैङ्कले बैङ्कहरुको रिजर्भ रेसियो कम गर्दै नीतिगत दर घटाएको छ । चीनका नीति–निर्माताले यस्तो कदम चाल्ने प्रतिबद्धता गरेका छन्, जसबाट त्यहाँको रोजगारी ठूलोमात्रामा घट्ने छैन । कतिपय ठूला योजनालाई कम ध्यान दिने बताएको छ । 
 

 

भारतको चिन्ता 
भारतले सबैभन्दा बढी आयात चीनबाट गर्छ । उसले आफ्नो कुल आयातको १६ प्रतिशत चीनबाट गर्छ । भारतले गर्ने निर्यातमा भने चीन चौथो नम्बरमा पर्छ । भारतबाट चीनतर्फको निर्यात ४.३९ प्रतिशत रहेको छ । यस्तो अवस्थामा चिनियाँ युआन कमजोर भयो भने भारतको आयात सस्तो हुन्छ । चीनले बल्क उत्पादन गर्ने हुनाले वस्तु सस्तो पाइन्छ । यसबाट भारतीय कम्पनीलाई घाटा हुन सक्छ । भौतिक पूर्वाधारमा चीनको मद्दत लिन सक्दा भारतलाई फाइदा हुन सक्छ ।

 

नेपालमा असर
भारतलगायतका मुलुकमा चीनमा आएको अप्रत्याशित आर्थिक गिरावटबारे घनीभूत छलफल हुन थालेको छ । नेपाल भने यस विषयमा मौन छ । चीनका आँखामा कम महत्वको वा सामान्य ग्राहक (वस्तु तथा सेवा) नेपाल हो । चीनले व्यापारिक हिसाबमा ठूलो महत्व नदिए पनि नेपालमा चिनियाँ मन्दीले असर नपर्ने पक्कै होइन । दुईतिहाइको दम्भ पालेर बसेको वर्तमान सरकारले यस विषयमा तत्कालै विमर्श थालिहाल्नुपर्ने देखिन्छ । अन्यथा, असर ठूलै नपर्ला भन्न सकिन्न ।
एजेन्सीहरुको सहयोगमा  

प्रतिकृया दिनुहोस

दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको

दिल्लीमा स्वाइन फ्लूका कारण ११ को मृत्यु

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लूका कारण यस वर्षको सुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको

अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट