अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् ।

उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन ।(एजेन्सी) 

प्रतिकृया दिनुहोस

२४ घण्टाभित्र चारवटा विमान आपतकालीन अवतरण

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् ।  आइतबार,

अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुग्दा.. (भिडियाेसहित)

एजेन्सी । क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाेको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार 

जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जापानको तोयोहिरा जिल्लास्थित