Date Tuesday, 2017 Dec 12
Studio Time 04:20:00 NST
Horoscope »
लेनदेनबाट लाभ उठाउन सकिनेछ । तर बोली र व्यवहारमा संयमता आवश्यक छ । मंगलबारसम्मको समय अनुकूल रहला । आँटेका काम सजिलै सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरूले हार खालान् र प्रशस्त धन लाभ हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा थप हौसला मिल्नेछ । बुधबारदेखि अरूको भरपर्दा हानि हुने देखिन्छ । अन्यायमा परिएला । विश्वासपात्रबाट धोका पाइनेछ । पेटको खराबीले सताउने योग छ, खानपानमा सचेत रहनुहोला । पढाइलेखाइमा भने प्रगति होला ।
सुरुको समय रमाइलो रहनेछ । भेटघाटमा रमाउने समय छ । विविध उपहार पाइएला । पार्टी, पिकनिक वा भोजभतेरको आनन्द पाइनेछ । सोमबारपछि बोली–व्यवहारमा सजगता अपनाउनुपर्ने समय छ । मान र धनमा आघात पर्ला । तापनि बौद्धिक क्रियाकलापमा लाभ मिल्नेछ । बुधबार र बिहीबार समय अनुकूल रहला । सहयोगीहरूको साथ पाइनेछ । रोकिएका काम सम्पादन होलान् । काममा उन्नति हुनेछ । आफ्नै पराक्रमले आम्दानी बढ्नेछ । सप्ताहान्तमा केही चुनौतीहरू आइलाग्लान् ।
सुरुमा स्थानान्तरण वा लामो यात्राको योग छ । काममा बाधा होला । खर्च बढ्नेछ । हानि नोक्सानी हुने समय छ । सोमबारपछि आफन्तजनको सहयोगले विशेष काम बन्नेछ । शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ । रोकिएका काम सम्पादन गर्न सकिनेछ । भेटघाटले आनन्द मिल्नेछ । नयाँ वस्त्रत्र, अलंकार उपभोग गर्ने अवसर छ । विशिष्ट व्यक्तित्वको सहयोग मिल्ला । महत्वपूर्ण काम बन्न सक्छ । बुधबार र बिहीबार भने विवादमा परिने सम्भावना छ, बोली–व्यवहारमा सावधानी अपनाउनुपर्ला ।
व्यावसायिक काममा लाभ होला । रोकिएका कामहरू सम्पादन गर्न सकिनेछ । प्रशस्त आम्दानी हातपर्ला । श्रमको उचित मूल्यांकन होला । काममा थप उत्साह बढ्नेछ । सोमबार र मंगलबार खर्च बढ्नेछ । व्यापारमा मन्दी र केही नोक्सानीको समय रहनेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । बुधबारपछि आरोग्य एवं स्पूmर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता थपिएला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । सभा–समारोहमा सहभागी भइएला ।
अरूलाई प्रभावमा पारेर काम लिने बेला छ । व्यावसायको सिलसिलामा भ्रमण होला । कर्मसिद्धिको समय छ । सामाजिक प्रतिष्ठा पाइने समय छ । मान–सम्मान बढ्नेछ । प्रशस्त लाभ हुनेछ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी होला । नयाँ काम गर्ने समय आएको छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । पुराना साथीभाइ भेटिएलान् । बुधबारपछि भने खर्च बढ्ने, काम रोकिने र चिन्ता बढ्ने समय छ । धैर्य गर्नुहोला, सप्ताहान्त लाभदायक र उत्साहवर्द्धक रहनेछ ।
सुरुमा धार्मिक, सामाजिक र सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । तर, केही अस्वस्थता र कमजोरी महसुस होला । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सोमबारदेखि नयाँ काम र जिम्मेवारी पाइनेछ । राजनीतिक प्रभाव बढ्नेछ । कर्म गरेरै अरूलाई प्रभावमा पार्न सकिनेछ । नोकरीमा पनि उन्नति होला । व्यावसायिक यात्रा सम्भावना छ । प्रशस्त लाभ मिल्नेछ । आफ्नो वर्गको नेतृत्व लिने मौका छ । श्रमको उचित मूल्यांकन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
सुरुमा केही चुनौती सामना गर्नुपर्ला । अस्वस्थता र आर्थिक अभावले सताउला । अरूका काममा बढी समय जानेछ । कामको बोझ थपिनेछ । घरायसी समस्या पनि आउलान् । श्रम गरेअनुसार कम मात्र प्रतिफल पाइएला । मंगलबारपछि स्थितिमा सुधार आउला । नयाँ जिम्मेवारी पाइनेछ । काम गरेरै अरूलाई प्रभावित पार्न सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्ने र प्रशंसा पाइने समय छ । रमाइलो भ्रमण वा आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आम्दानी पनि प्रशस्तै हुनेछ ।
सुरुमा रमाइलो यात्रा गर्ने योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । व्यापार–व्यवसायमा प्रशस्त लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । प्रशस्तै धन आर्जन गर्ने समय छ । सोमबार र मंगलबार अलि प्रतिकूल रहलान् । चोटपटक लाग्ने र स्वास्थ्य कमजोर बन्ने देखिन्छ । साथीभाइबाट धोका हुन सक्छ । घरेलु समस्याले सताउने योग छ । अरूका काममा बढी समय बित्नेछ । बुधबारपछि स्थितिमा सुधार आउला । धर्मकर्म र परोपकारमा धन र समय खर्च गरिनेछ ।
शरीरमा स्पूmर्ति बढ्नेछ । काममा भने अलि चुनौती सामना गर्नुपर्ला । तापनि अधुरा काम बन्नेछन् । प्रतिस्पर्धी वा शत्रुहरूको चलखेल बढ्ने समय छ, होसियारी अपनाउनुपर्ला । सोमबारपछि प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यावसायिक यात्रा पनि सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । बुधबार र बिहीबार भने झमेला र विवादमा परिएला । अस्वस्थता र चोटपटक लाग्न सक्छ । विशेष निर्णय गर्न समय पर्खनु राम्रो हुनेछ ।
सुरुमा पेटको खराबीले स्वास्थ्य कमजोर बन्न सक्छ । पढाइलेखाइमा पनि बाधा हुने समय छ । अप्रिय समाचारले खिन्न तुल्याउन सक्छ । सोमबारपछि स्थितिमा सुधार आउला । चुनौतीहरूलाई पन्छाउन सकिनेछ । तापनि, विवादमा परिने र शत्रु बढ्ने सम्भावना छ, होसियारी अपनाउनुपर्ला । बुधबारपछि आतिथ्यपूर्ण सम्मान पाइएला । प्रशस्त धन लाभ हुनेछ । नयाँ काम थालनी गर्ने समय छ । व्यापार–व्यवसायमा फाइदा होला । प्रेम र मित्रताको गाँठो कसिनेछ । सप्ताहान्त भने अलि पीडादायक रहला ।
सुरुमा काम अवरुद्ध बन्नेछन् । विशेष योजना गोप्य राख्नुमै बुद्धिमानी हुनेछ । आफन्तजनसँग असमझदारी बढ्ला । विश्वासपात्रबाट धोका हुन सक्छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापमा पनि बाधा आउला । गुरुजनको रायसुझाव शिरोपर गर्नाले फाइदा हुनेछ । बुधबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । काममा चुनौती सामना गर्नुपर्ला । आर्थिक लाभ मिल्नेछ । रमाइलो भ्रमणको योग छ ।
सुरुमा प्रशस्त धन आर्जन हुने योग छ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नेछ । सोमबार र मंगलबार परिवारजनसँग असमझदारी बढ्ने देखिन्छ । आफन्तजन समेत टाढिनेछन् र अन्यायमा परिनेछ । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ । बुधबारदेखि स्थितिमा कर्मयोगका बाटाहरू खुल्नेछन् । तर पढाइलेखाइ र व्यवसायमा कम मात्र लाभ हुनेछ । पेटको खराबीले सताउला । सप्ताहान्त फलदायी रहनेछ ।
Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...