Date Sunday, 2018 Feb 18
Studio Time 04:20:00 NST
News »
प्रवास
अमेरिकामा कागजपत्र बिना बस्दै आएका नेपालीलाई फेरि अवसर

ताप्लेजुङ,११ कात्तिक,  – अमेरिकामा कागजपत्र बिनै बस्दै आएका नेपालीका लागि यहाँको सरकारले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) म्याद डेढ वर्ष थप गरेको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले नेपाललाई परेको असरलाई मध्यनजर गर्दै सन् २०१५ को जुन २४ तारिखभन्दा अघि अमेरिका छिरेर काजगपत्र बिनै बस्दै आएका नेपालीका लागि अमेरिकाले डेढ वर्षका लागि टिपिएस सुविधा दिएको थियो । यो म्याद आगामी डिसेम्बर २१ तारिखसम्मका लागि थियो ।

टिपिएसको म्याद थपिएसँगै अब कागज पत्र नभएका नेपालीले सन् २०१८ को जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन् । यस्तै नेपालमा रहेका भूकम्प प्रभावित परिवारलाई भेट्न आउन समेत पाउनेछन् । टिपिएसमा दर्ता भएकालाई निष्काशन गरिने छैन भने आपराधिक गतिविधिमा संलग्नभएको खण्डमा कानुन बमोजिम कारवाही हुने अमेरिकी सरकारले जनाएको छ ।

टिपिएसमा दर्ता भएका नेपालीले फेरि दर्ता गराउनु पर्नेछ भने आधिकारिक रोजगार प्रमाणपत्र अर्थात इएडी पनि नवीकरण गर्नुपर्नेछ । यसअघि दर्ता नभएका नेपालीले भने टिपिएसमा दर्ता हुन केही मापदण्ड पूरा गरेको हुनुपर्नेछ । जसमा सन् २०१५ को जुन २४ तारिखदेखि लगातार अमेरिकामै बसोबास गरेको हुनुपर्ने लगायत प्रावधान छन् ।

टिपिएसमा फेरि दर्ता गर्न अक्टोबर २६ तारिखदेखि ६० दिनको समय दिइएको छ । अहिलेसम्म झण्डै ९ हजार नेपाली टिपिएस अन्तर्गत दर्ता भएको अमेरिकी सरकारले जनाएको छ ।

Program Schedule
Radio Opening 5.00AM - 12.00AM Kirat Bhajhan 5.00AM - 5.30AM Kirat Darsan 5.30AM - 6.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM View all
Dedicate A Song
Public Poll

Loading...