Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
खेलकुद
डिएगो कोस्टाको गोलमा स्पेन विजयी

 

news

मस्को, असार ७ । जारी विश्वकपको अघिल्लो खेलमा पोर्चुगलसँग ३–३ को बराबरी खेलेको स्पेनले बुधबार राति भएको खेलमा इरानमाथि जित हासिल गरेको छ ।

समूह बी अन्तर्गतको खेलमा स्पेनका लागि डिएगो कोस्टाले निर्णायक गोल गरेका हुन् । खेलको ५४ औं मिनेटमा उनले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

कोस्टाले पोर्चुगलविरुद्धको खेलमा व्यक्तिगत दुई गोल गरेका थिए । समग्रमा उनले जारी विश्वकपमा व्यक्तिगत गोल संख्या ३ पु¥याएका छन् ।

समूह बीमा दुई खेल खेलेको स्पेन र पोर्चुगल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । दुवैले एक जित र एक बराबरी नतिजाका साथ नक आउट चरणमा प्रवेशको सम्भावना कायम राखेका छन् ।


  

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...