Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको ट्रकमा ढुंगा खस्यो, चालकको मृत्यु

 

 

news

चितवन, असार ४ । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् ।

ढुंगा झरेर लागेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । वर्षात सँगै पछिल्लो समयमा सो सडकमा पहिरो र ढुंगा खस्ने समस्या आएको छ ।

यस्तै भरतपुर महानगरपालिका–६ देवनगरको सडकमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ फूलबारीका ना २१ प ७१८४ नम्बरको मोटरसाइकल चालक विकास विक रहेका छन् । 

आइतबार राति ९ः४५ बजे दुर्घटना भई गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति १०ः४० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । 


देवनगरबाट गीतानगरतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । (रासस) 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...