Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पबाट चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा

काठमाडौं, असार २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

news

काठमाडौं, असार २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

चीनले बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कर लगाउने घोषणा गरेका हुन् ।

वार्षिक व्यापारमा ३४ अर्ब डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनमा असर पार्ने भनिएको यो निर्णय आगामी जुलाई ६ तारिखदेखि लागू हुने छ ।

ह्वाइट हाउसले उसले १६ अर्व डलर मूल्यका अन्य उत्पादनको सूची बारे टिप्पणी गर्ने र यदि चीनले बदला लिए थप कर लगाउने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपतिको यस्तो निर्णयसँगै चीनले त्यसको जवाफ स्वरुप प्रतिवाद गर्ने जनाइसकेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कदम चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्नका लागि अत्यावश्यक रहेको जिकिर गरेका छन् । 

यसले अमेरिकी रोजगारको रक्षा गर्ने उनको दाबी छ । उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताएका छन् ।

अमेरिकाले चीनले बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरु चिनियाँ कम्पनीहरुमा पठाउने प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने चाहेको छ ।

यसैबीच अमेरिकी राजदूत रोबर्ट लाईटहाइजरले राष्ट्रपति ट्रम्पले सही रुपमा यसको पहिचान गरेको र यदि देशको समृद्ध भविष्य होस् भन्ने चाहने हो भने निष्पक्ष व्यापार र अमेरिकाको प्रतिस्पर्धी स्वभावको संरक्षण गर्न अडान लिनुपर्ने बताएका छन् । (एजेन्सी)

 
 
 
 

 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...