Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
वडाध्यक्ष नै विजुली चोर, पक्राउ गरी जरिवाना तिराइयो

काठमाडौं, असार २ । विजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ ।

काठमाडौं, असार २ । विजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । विजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत प्राधिकरणले विजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

चोरी नियन्त्रणका लागि विहीबार खटिएको विद्युत प्राधिकरणको टोलीले काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रको टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फार्ममा विद्युत प्रयोग गरेको पारेपछि उनलाई पक्राउ गरेको हो । लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैंया जरिवाना तिरी शुक्रबार हिरासतमुक्त भएका छन् ।

यसैगरी राजविराज वितरण केन्द्रको टोलीले तिरहुँत गाउँपालिका ५ का वडाध्यक्ष चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो ।


टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । चौधरीले १५ हजार जरिवाना तिरी छुटेका थिए । -नागरिक दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...