Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
देश
सरकारको आलोचना गर्ने कर्मचारीलाई अब कडा कारवाही

 

काठमाडौं, जेठ २९ । नेपाल सरकारको तलव, भत्ता सहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागीय कारवाही गरिने भएको छ ।

काठमाडौं, जेठ २९ । नेपाल सरकारको तलव, भत्ता सहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागीय कारवाही गरिने भएको छ ।

काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो ।

सो अनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहड्ताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउने सम्मको सुझाव प्रधानमन्त्रीसमक्ष दिइएको छ ।

कर्मचारी प्रशासनमा सुधार ल्याउन समितिले दिएको सुझाव अध्ययन गरी नयाँ कानुन निर्माण गर्ने, भएका कानुनमा संशोधन गर्नेजस्ता कार्य गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । –नागरिक दैनिकबाट 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM View all
Dedicate A Song
Public Poll

Loading...