Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
घटना - दुर्घटना
दोलखामा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

 

चरिकोट, जेठ २८ । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

बा१४च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतबार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् ।

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । (रासस)

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...