Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
देश
गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट आलोचित भए सभापति देउवा

 

डडेल्धुरा, जेठ २७ । निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।

डडेल्धुरा, जेठ २७ । निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।

‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन,’ कांग्रेस जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, ‘डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।’

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।

देउवा बोलिरहँदा कार्यकर्ताले ुस्वेच्छाचारी बन्न पाईंदैनु भन्दै नाराबाजी गरो थिए । -कान्तिपुर दैनिकबाट 

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...