Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
देश
‘निर्माण व्यवसायीलाईमात्र दोषी देखाइ कारबाही गर्नु गलत’

 

काठमाडौं, जेठ २५ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले समयमा काम नसक्ने निर्माण व्यवसायीहरुलाई गृह प्रशासनले पक्राउ गर्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारको यो कदमले सम्पूर्ण निर्माण व्यवसायीहरु नै त्रसित र आतंकित भएको भन्दै ध्यानकर्षण गराएको हो ।

सरोकारवालाहरुले गर्ने अवरोध, बजेटको अभाव, समयमा भुक्तानी नदिएकोजस्ता कारणहरुले समयमा निर्माणकार्य सम्पन्न हुन नसकेको वास्तविकता नबुझिकन व्यवसायीहरुलाईमात्र दोषी देखाइ कारबाही गर्नु अनुचित भएको संघका अध्यक्ष हुमनाथ कोइरालाले बताए ।

व्यवसायीहरुलाई निरुत्साहित बनाउने कार्य यथाशीघ्र बन्द नभए निर्माणकार्य बन्द गरी आन्दोलनमा जाने चेतावनी संघले दिएको छ  

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...