Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
ट्रम्प र किमबीच १२ तारिखमै भेटवार्ता, ट्रम्पलाई रोचक लाग्यो किमले पठाएको पत्र

 

काठमाडौं, जेठ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

काठमाडौं, जेठ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग यही जुन १२ तारिखमै सिंगापुरमा भेटवार्ता हुने बताएका छन् ।

उत्तर कोरियाली नेता किमले पठाएको पत्र लिएर पुगेका किम योङ चोलसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले पूर्वनिर्धारित मितिमै भेटवार्ता हुने बताएका हुन् ।

यसअघि राष्ट्रपति ट्रम्पले १२ तारिखमा हुने भनिएको भेटवार्ता रद्द भएको घोषणा गरेका थिए । उनले सर्वप्रथम उत्तर कोरियाली नेता किमले पठाएको पत्र रोचक भएको बताएका थिए ।

तर पछि उनले सो पत्र खोल्न नपाएको बताए । उनले पत्रकारहरुसँग कुरा गर्दै किम जोङ उनको यो पत्र आफूलाई एक बैठकमा मिलेको र त्यो धेरै राम्रो भएको बताए ।

उनले यो पत्रमा के छ भनेर तपाईंहरुले जान्न चाहनुभएको छ भने त्यसलाई चाँडै सार्वजनिक गर्ने पनि बताए ।

उनले सिंगापुरमा हुने भेटवार्तामा कोरियाली युद्धको औपचारिक समापन गर्ने विषयमा छलफल हुने बताए ।

कोरियाली देशबीच सन् १९५० देखि १९५३ सम्म संघर्ष भएको थियो तर शान्ति सम्झौता भने भएको छैन ।(एजेन्सी) 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...