Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
चेल्सीका मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिएन

 

काठमाडौं, जेठ १५ । इङ्गलिस प्रिमियर फुटबल क्लव चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिन आनाकानी गरेको छ ।

काठमाडौं, जेठ १५ । इङ्गलिस प्रिमियर फुटबल क्लव चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिन आनाकानी गरेको छ ।

सन् २००४ मा प्रिमियर क्लव चेल्सी खरिद गरेका अब्राहिमोभिच ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । केही दिन अघि मात्रै उनको भिसा अवधि सकिएको थियो ।

त्यसपछि बेलायत प्रशासनले उनलाई भिसा दिन अस्विकार गरेपछि उनी ईजरायल गएका छन् । स्रोतका अनुसार इजरायलले उनलाई नागरिकतासमेत दिएको छ ।

रुसी नागरिकतामा बेलायतमा लगानी गर्न असहज भएपछि अब्राहिमोभिचले ईजरायली नागरिकता लिएको अनुमान गरिएको छ ।

उनी हाल ईजरायलको तेल अभिभ पुगेका छन् । पछिल्लो समय रुस र बेलायतबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बनेपछि बेलायतले रुसी नागरिकलाई भिसा दिन कडाई गर्न थालेको छ ।

बेलयातमा बस्दै आएका एक जना पूर्वरुसी जासुसको हत्या प्रयासमा रुसको संलग्नता रहेको आरोपमा बेलायतले रुससँगको कूटनीतिक सम्बन्धलाई निकै सिमित पारेको छ । रुसले भने उक्त आरोप खण्डन गर्दै आएको छ । 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...