Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
इटालीमा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख प्रधानमन्त्रीमा नियुक्त

 

काठमाडौं, जेठ १५ । इटालीमा राजनीतिक संकट गहिरिँदै जाँदा राष्ट्रपति सर्जिओ मट्टारेलाले अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख कार्लो कोट्टारेलीलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

काठमाडौं, जेठ १५ । इटालीमा राजनीतिक संकट गहिरिँदै जाँदा राष्ट्रपति सर्जिओ मट्टारेलाले अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख कार्लो कोट्टारेलीलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

कोट्टारेली सार्वजनिक कटौती अभियानका लागि परिचित छन् । दुई ठूला पपुलिष्ट पार्टीले गठबन्धन सरकार गठन गर्न नसकेपछि राष्ट्रपतिले कोट्टारेलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ प्रधानमन्त्रीले अर्को वर्षको सुरु मै नयाँ चुनाव गराउने बताएका छन् । नयाँ सरकारले संसद्मा बजेट लगायतका कार्यक्रम पेश गर्नेछ ।

तर यो पारित हुने सम्भावना अत्यन्त कम रहेकाले कोट्टारेलीको सरकारले पनि तत्कालै राजीनामा गर्नुपर्ने अबस्था आउने विश्लेषण गरिएको छ ।

गत मार्चमा सम्पन्न चुनाव पछि कुनै पनि दल वा गठबन्धनले सरकार बनाउन नसकेपछि यूरोजोनको चौथो ठूलो अर्थतन्त्र भएको इटाली सरकारविहीन थियो ।

दुई ठूला दलले वित्त मन्त्रीमा पाओलो साभोनालाई गरेको सिफारिस राष्ट्रपतिले भिटो प्रयोग गरि अस्वीकार गरेपछि दलहरुको सरकार गठनको प्रयास पनि असफल भएको थियो । साभोनालाई यूरोपियन यूनियन विरोधीका रुपमा चिनिन्छ ।

उनलाई मन्त्री हुनबाट रोकेपछि फाइभ स्टार पार्टीका नेताले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन आह्वान गरेका थिए ।

इटालीमा राष्ट्रपति विरुद्ध सामान्य बहुमतबाट महाअभियोग प्रस्ताव पारित भए पनि संवैधानिक अदालतले यसको छिनोफानो गर्नुपर्ने व्यवस्था रहेको छ ।

इटालीको कानुन अनुसार संवैधानिक राष्ट्रपतिलाई मन्त्रीको नियुक्ति रद्द गर्ने अधिकार भए पनि यस्तो शक्ति भने निकै कम प्रयोग गरिन्छ ।(एजेन्सी) 

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...