Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
खेलकुद
चेन्नाईले जित्यो तेस्रो पटक आईपीएलको उपाधि, शेन वाट्सनले खेले शतकीय पारी

 

काठमाडौं, जेठ १४ । यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ ।

काठमाडौं, जेठ १४ । यो वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ ।

गएराति मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले तेस्रो पटक आईपीएल उपाधि उचालेको हो ।

जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले अष्ट्रेलियन ब्याट्सम्यान सेन वाट्सनको अविजित १ सय १७ रनसँगै १८ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय ८२ रन जोड्यो ।

वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए ।

५७ बल खेलेका वाट्सनले ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रन जोडेका हुन् । उनलाई दरिलो साथ दिएका रैनाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो ।

उसका लागि केन विलियाम्सनले ४७ रन जोड्दा युसुफ पठानले ४५ रन तथा शिखर धवनले २६ रन जोडेका थिए ।

गएरातिको जितसँगै चेन्नाईले आईपीएल उपाधिमा ह्याट्रिक गरेको छ ।

म्याच फिक्सिङ र खेल भावना विपरित क्रियाकलाप गरेको आरोपमा टोली निलम्बनमा पुर्नअघि उसले दुई उपाधि जितेको थियो ।

यो सिजन उपाधि जित्दै चेन्नाईले आईपीएल क्रिकेटमा आफू सबैभन्दा बलियो टोली भएको प्रमाण दिएको छ ।

चेन्नाईसँगको हारले हैदरावादको भने दोस्रो उपाधि जित्ने अभियान अपुरै भएको छ । 

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...