Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
रियल मड्रिडले जित्यो १३ औं पटक च्याम्पियन्स लिगको उपाधि

 

किभ, जेठ १३ । स्पेनिस फुटबल क्लब रियाल मड्रिडले कीर्तिमानी १३ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

किभ, जेठ १३ । स्पेनिस फुटबल क्लब रियल मड्रिडले कीर्तिमानी १३ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

युक्रेनको किभमा गएराति भएको फाइनलमा इङ्लिस प्रिमियर क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यो सिजन घरेलु लिग ला लिगामा सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि रियलका प्रशिक्षक जिनेदिन जिदानले युरोपियन च्याम्पियन्स लिगको उपाधि भने जिताएका हुन् ।

फ्रेन्च फुटबल हस्ती जिदानले टोलीको प्रशिक्षण समालेयता हरेक सिजन युरोपियन च्याम्पियन बनाएका छन् ।

गएरातिको खेलमा रियल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले दुई तथा करिम बेन्जमाले एक गोल गरे ।

लिभरपुलका सादियो मानेले एक गोल फर्काए । जितसँगै रियल मड्रिडले पछिल्लो पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरेको छ । 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...