Date Monday, 2018 Aug 20
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
चिनियाँ पाइलटले अनुमति पाएनन्, अब श्रीलंकाबाट पाइलट ल्याउने तयारी

 

काठमाडौं, जेठ १० । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

काठमाडौं, जेठ १० । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनियाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) बाहकमात्रै रहेको भन्दै अनुमति दिन अस्वीकार गरेको हो ।

प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ ।

‘चिनियाँ पाइलटको योग्यता नेपालको मापदण्डअनुसार नमिलेपछि चिनियाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । –कारोबार दैनिकबाट 

Program Schedule
Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM News : Tamor Halkhabar 6.00PM - 6.30PM View all
Dedicate A Song
Public Poll

Loading...