Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
अन्तरास्ट्रिय
चीनमा रहेका अमेरिकी नागरिकमाथि के भयो यस्तो अनौठो घटना ?

 

काठमाडौं, जेठ १० । अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव दिएको छ ।

काठमाडौं, जेठ १० । अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई असामान्य आवाज या दृश्यबाट सतर्क रहन सुझाव दिएको छ ।

चीनमा रहेका एक अमेरिकीको रहस्यमय स्थितिपछि अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सचेत रहन चेतावनी दिएको हो ।

चीनमा रहेका एक अमेरिकी नागरिकले आफूले कडा, संदिग्ध, असामान्य आवाज र दबाबको सामना गर्नुपरेको गुनासो गरेपछि अमेरिकाले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।

अमेरिकी विदेश मन्त्री माइक पाम्पियोले यसअघि क्यूवामा पनि आफ्ना दूतावासका कर्मचारीले यस्तै समस्याको सामना गर्नुपरेको बताएका छन् ।

यसलाई गम्भीरतापूर्वक लिँदै विदेश मन्त्री पाम्पियोले ती व्यक्तिको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान गरिने बताए । उनले असामान्य आवाज र दृश्य आउने ठाउँमा नजान आफ्ना नागरिकलाई आग्रह गरे ।

अमेरिकी दूतावासका प्रवक्ता जिनी लीले चीनको ग्वान्जोउ शहरमा सन् २०१७ को अन्तिमदेखि गत अप्रिलसम्म आफ्ना कर्मचारीले शारीरिक विकृतिको सामना गर्नुपरेको बताए ।

यसपछि कर्मचारीलाई अमेरिका फिर्ता गरिएको थियो । अमेरिकी दूतावासले कर्मचारीको मस्तिष्कमा चोट पुगेको जनाएको छ ।

तर, त्यसको कारण भने पत्ता लाग्न सकेको छैन । आफ्ना नागरिकमाथि भएको घटनाबारे अमेरिकाले चीनलाई सूचीत गरिसकेको जनाइएको छ ।

चीनले पनि घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने आश्वासन दिएको छ ।(एजेन्सी) 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...