Date Sunday, 2018 Aug 19
Studio Time 04:20:00 NST
News »
राजनीति
कोलकातासँग राजस्थान पराजित, फाइनल प्रवेशका लागि कोलकाता र हैदरावाद भिड्ने

 

काठमाडौं, जेठ १० । राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाईट राईडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

काठमाडौं, जेठ १० । राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाईट राईडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

प्ले अफ् चरणअन्तर्गत गएराति भएको इलिमिनेटरमा पराजित टोली राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कोलकाताले भने अब फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हैदरवादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

गएराति कोलकातामा भएको खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

कोलकाताका लागि दिनेस कार्तीकले ५२ रन तथा आन्द्रे रसेलले अविजित ४९ रन जोडे ।

जवाफमा १ सय ७० रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन मात्रै जोड्न सक्यो ।

राजस्थानका सन्जु स्यामसनले ५० रन तथा अजिन्क्या रहानेले ४६ रन जोडे पनि टोलीका लागि निर्णयक पारी खेल्न सकेनन् । 

Program Schedule
Namaste Tamor 6.45PM - 7.30PM Radio Oprning 5.00PM - 12.00AM Bhasa Bhasika Songs 5.00PM - 5.10PM Limbu News 5.10PM - 5.20PM Add & Songs 5.20PM - 5.30PM Asako Badi 5.30PM - 6.00PM View all
Dedicate A Song
Public Poll

Loading...