Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
विश्वकपका लागि नेइमार फिट हुँदै

जेठ ९ – ब्राजिलियन फुटबल स्टार नेइमार यो हप्ता मेडिकल टेस्टमा रहेका छन् । विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले नै उनी फिट हुने आशा गरिएको छ । 

नेइमारले खुट्टाको हड्डी भाँच्चिएपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेइनबाट पछिल्ला खेलहरु गुमाएका थिए ।

नेइमारले छिट्टै खेलमा फर्किन निकै मेहनत गरिरहेका छन् । फेब्रुअरीमा मार्सेलीविरुद्धको खेलमा चोटग्रस्त भएपछि त्यसयता नेइमार मैदानबाहिर छन् । 

यो हप्ता नेइमारको फिटनेसमा निकै सुधार आएको चिकित्सकहरु बताउँछन् । मेडिकल टेस्टको समयमा पनि नेइमारले दुवै खुट्टाले जम्प गरिरहेका तस्बिर सार्वजनिक भएका छन् । त्यस्तै उनले ट्रेडमिलमा एक्सरसाइज पनि गरिरहेका छन् । 


नेइमारले आफू फिट रहेको सन्देश आफ्ना प्रशंसकहरुलाई फोटो र भिडियोमार्फत जानकारी दिइरहेका छन् । 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...