Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
देश
‘गोरे’ले लिए नेताको नाम, तस्करीको ‘सेटिङ’मा उपल्लो तहकै नेता !

 

काठमाडौं, जेठ ९ । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् ।

काठमाडौं, जेठ ९ । त्रिभुवन विमानस्थलबाट भित्रिएको भनिएको ३८ क्विन्टल सुन तस्करका नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेतीले ‘सेटिङ’मा उपल्लो तहका नेताको संलग्नता रहेको बयान दिएका छन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानविन समितिसमक्ष गोरेले तस्करीमा विमानस्थलका कर्मचारी, प्रहरी र सत्ताको पहुँच र प्रभाव भएका नेताहरुको संरक्षणमै सुन ओसारपसार हुने गरेको रहस्य खोलेका हुन् ।

तर तस्करीमा कुनकुन नेताको संलग्नता छ भन्नेबारे समितिले कुनै तथ्य बाहिर ल्याएको छैन ।

गत माघ ७ गते भित्रिएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके गोरे नेतृत्वको समूहले उनकै सहयोगी सनम शाक्यलाई गत फागुन १८ गते मोरङको उर्लाबारीमा हत्या र त्रिभुवन विमानस्थलका कर्मचारी सानु बनको शंकास्पद मृत्युपछि सुरु भएको अनुसन्धानको पाटो राजनीतिक नेता÷कार्यकर्तासम्म पुगेको थियो । –कारोबार दैनिकबाट 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...