Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
देश
बुझाएनन् जनप्रतिनिधिले अझै सम्पत्ति विवरण

काठमाडाैं, जेठ ७ – अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण नबुझाएको पाइएको छ । 

राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक ताकेता गर्दा पनि १८ जिल्लाका स्थानीय जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएका केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो । 

कानूनतः निर्वाचित भएको ६० वा आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सबै जनप्रतिनिधिले सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने भए पनि अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको उहाँले बताउनुभयो । जनप्रतिनिधिले जिल्ला समन्वय समितिमार्फत सतर्कता केन्द्रमा सम्पत्ति विवरण बुझाएको जानकारी गराउनुपर्ने हुन्छ । उहाँले पटकपटक ताकेता गर्दापनि ती जिल्लाका जनप्रतिनिधिले विवरण बुझाउन आलटाल गरेको बताउनुभयो । 

सम्पत्ति विवरण नबुझाउनेमा संखुवासभा, तेह्रथुम, ओखलढुंगा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, धादिङ, नवलपरासी पूर्व, मनाङ, हुम्ला, डोल्पा, जाजरकोट, अछाम, कैलाली, दार्चुला, बैतडी र कञ्चनपुरका जनप्रतिनिधि रहेका छन् । उनीहरुले पहिलो पटक वैशाख ३१ गते, दोस्रो पटक असार १४ र तेस्रो पटक असोज २ गते निर्वाचित भएता पनि अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन् । 

अठार जिल्लाका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएपछि केन्द्रले ५९ जिल्लाका जनप्रतिनिधिले बुझाएका सम्पत्ति विवरण अख्यितार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको सहसचिव लामिछानेले बताउनुभयो । सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिलाई रु पाँच हजार जरिवाना गर्ने व्यवस्था छ । उहाँका अनुसार ५९ जिल्लाका १३१ जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । कुल ७५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधि छन् । 


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११० अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण स्थानीय तहलाई बुझाई सोको जानकारी प्रदेश सरकारलाई दिनुपर्ने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिले सो पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ । रासस 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...