Date Monday, 2018 Jun 25
Studio Time 04:20:00 NST
News »
खेलकुद
एफए कपको उपाधि चेल्सीलाई

जेठ ६ – एफए कपको उपाधि चेल्सीले जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले एफए कप जितेको हो ।

इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

बेलायतको राष्ट्रिय रंगशाला विम्ब्लीमा भएको खेलको २२ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । पेनाल्टीलाई इडेन हाजार्डले गोलमा परिणत गर्दै चेल्सीलई अग्रता दिलाए ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि म्यान्चेष्टर युनाइटेडले गोल भने फर्काउन सकेन । एलेक्सिस सान्चेजको गोलको मौका अफ साइड भएका कारण विफल भयो ।


यस्तै पाउल पोग्बाको दुई वटा उत्कृष्ट प्रहारलाई चेल्सीका गोल रक्षक थियाबट कट्वाले बचाएका थिए । 

Program Schedule
Tamor Short News 11.00AM - 11.10AM Tamor Short News 12.00PM - 12.10PM Radio Off 12.10PM - 12.00AM Sherpe Dolang 10.10AM - 11.00AM Lekhak ko Lekha 11.10AM - 12.00PM Radio Oprning 5.00PM - 12.00AM View all
Dedicate A Song
Public Poll

Loading...