Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
एथ्लेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि

जेठ ३ – युरोपा लिगको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले जितेको छ । मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले तेस्रो युरोपा लिग उपाधि जितेको हो ।

यस अघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो । लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमन नायक बने । ग्रिजमनले सुरुवाती दुई गोल गर्दै एथलेटिकोलाई जित नजिक पुर्याएका थिए । खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्‍याे । यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।


८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो । 

Program Schedule
Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...