Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
देश
एमाले र माओवादी केन्द्रबीच अविश्वासको खाडल बढ्यो

 

काठमाडौं, जेठ १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

काठमाडौं, जेठ १ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।

गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासम्म एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष दाहाल तर्सिएका छन् ।

दुई पार्टीबीच अविश्वास बढ्नुमा प्रधानमन्त्रीको कार्यशैली नै कारक रहेको माओवादी नेताहरु बताउँछन् ।

यहीबीचमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दाहाल थप असन्तुष्ट रहेको स्रोत बताउँछ । ओलीले मोदीलाई नागरिक अभिनन्दनका क्रममा चाकडी गरेको र भारतसँग लम्पसार परेको माओवादीको ठहर छ । –कारोबार दैनिकबाट 

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...