Date Monday, 2018 Jul 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
बराबरीमै रोकियो म्यानचेष्टर युनाईटेड

वैशाख २८ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले वेष्टह्यामसँग बराबरी खेलेको छ ।

लिगको दोस्रो स्थानमा रहेको युनाईटेडले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्यो । खेलमा युनाईटेडले तीन ओटा गोलका अवसरलाई सदुपयोग गर्न सकेन । लिगको उपाधि म्यानेचस्टर सिटीले जितिसकेको अवस्थामा युनाईटेड यो सिजनको लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा छ ।

लिगमा अन्तिम खेल खेल्न बाँकि रहेको छ । युनाईटेडको ७८ अंक रहेको छ । सिटी प्रिमियर लिगमा एक सय अंक पूरा गरी किर्तिमान बनाउने लक्ष्यमा छ । लिगको १५ औं स्थानमा रहेको वेष्टह्यामको ३९ अंक छ । 


यो सिजनमा स्टोक सिटी र वेष्ट ब्रुम रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । तेस्रो टिमको टुङगो लिग चरणको अन्तिम खेलबाट लाग्नेछ । 

Program Schedule
News Sajhakhabar (CIN) 7.30PM - 8.00PM Add & Songs 8.00PM - 8.15PM BBC Nepali Sewa 8.45PM - 9.15PM Radio Off 10.00PM - 12.00AM Samjhanaka palharu 8.15PM - 8.45PM Maha Adalat (AFN) 9.15PM - 10.00PM View all
Dedicate A Song
Public Poll

Loading...