Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
खेलकुद
आइपिएल क्रिकेट : दिल्लीलाई पराजित गर्दै हैदरावाद ‘प्ले अफ’मा

 

नयाँ दिल्ली, वैशाख २८ । दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ ।

नयाँ दिल्ली, वैशाख २८ । दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ ।

दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा पराजित भएसँगै दिल्ली भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । दिल्लीका युवा स्टार रिसभ पन्तले अविजित १२८ रन जोडे ।

जवाफमा १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।

हैदरावदाका शिखर धवनले अविजित ९२ रन तथा केन विलियम्सनले अविजित ८३ रनको योगदान दिए ।

जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले ११ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा समेटिएको छ ।

आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् । 

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...