Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
राजनीति
एमाले–माओवादी एकतामा यसरी निस्कियो जुत्ता र बिहेको प्रसंग

 

काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।

काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको संगठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै संकेत दिएको छ ।

आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशंका नगर्न आग्रह गर्दै थिए ।

माओवादी अध्यक्ष दाहाल पार्टी एकतापछि पनि केन्द्रमा आफ्नो बलियो वर्चस्व कायम गरिराख्न चाहन्छन् । त्यसैले पनि उनले केन्द्रमा बराबरी आधारमा एकताको मोडेलमा एमाले अध्यक्ष ओलीसँगको ‘वन टु वन’ वार्तामा अडान लिइरहेका छन् ।

दाहालले आइतबारको कार्यक्रममा पनि पार्टी एकता गर्दा निर्माण हुने संगठनात्मक मोडालिटीमा पनि आफ्नो समय खर्चे । उनले शनिबार मात्रै ओलीसँगको ‘वन टु वन’ वार्तामा एकतापछिको पार्टी संगठनको मोडालिटीबारे तीन वटा सूत्रमा छलफल भएको खुलाए । उनले भने, ‘हामी दुई अध्यक्षबीच संगठनात्मक मोडालिटीका विषयमा पनि सहमति भएको छ । पहिलो, सम्मानजनक ढंगले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अंगीकार गर्नुपर्ने र तेस्रो न्यायोचित ढंगले एकता गर्ने समझदारी छ ।’

दाहाललाई पार्टीभित्र बाट केन्द्रमा आफ्नो उपस्थिति बलियो बनाउन पार्टीभित्रैबाट चर्को दबाब छ ।

दाहालले खुलाएका मोडेलका विषय ओलीले पनि स्विकारे । ‘प्रचण्डजीले तीन सूत्र भन्नुभयो, असमानता, विभेद र अपमानको बीचमा पार्टी एकता हुँदैन ।’

ओलीले भने पार्टीभित्र र बाहिरबाट आउने प्रेसर सामना गरेर अगाडि बढ्नुपर्नेतर्फ जोड दिएका थिए । ‘पार्टी एकता कुनै बाटोमा टपक्क टिपेर आइलागेको होइन, त्यस्तै, कतिपयले सुपरमार्केटमा घुम्न गएका बेला त्यहाँबाट किनेर ल्याइएको पनि होइन’, ओलीको भनाइ थियो, ‘कहिले यो भएन, त्यो भएन भनेर साथीहरूको गुनासो पनि हामीले सुन्नुपरेको छ । यो यस्सै भएको होइन, बडो मिहिनेतसाथ यहाँसम्म आइपुगेको हो ।’

ओलीले अब जतिसुकै अप्ठ्यारा आइलागे पनि एकता निकट दिनमै भइछाड्ने बताए । उनले पार्टी एकता संयोजन समिति बैठकमा आफूले सुनाएको प्रसंग नेता–कार्यकर्तालाई पनि सुनाउँदै भने, ‘अब मेरो जुत्ता मिलेन लाउँदिन भन्ने ठाउँ छैन, जुत्ता मिलेन भने पनि खुट्टालाई ताछतुछ पारेर भए पनि मिलाएर लगाउनुपर्छ । पार्टी एकता त्यस्तै हो, अब जुत्ताको कुरा होइन, खुट्टा ताछेर भए पनि लगाउनुपर्छ । हामी अब त्यो बिन्दुमा पुगिसक्यौं ।’

ओलीले एमाले–माओवादी एकता बिहेअघि दुलाहा–दुलहीको अवस्थाजस्तै भएको भन्दै अब दुई पार्टी छिट्टै बिहेको तयारीमा लागेको पनि बताएका थिए ।

‘बिहे गर्नुभन्दा अगाडि एउटै घर हुँदैन । दुलहीको घर अन्तै हुन्छ, दुलाहाको घर अन्तै हुन्छ । यो घर त्यो घर भन्ने हुन्छ । बिहे गरिसकेपछि एउटै घर हुन्छ, घरको बाछो, बिरालोको पनि माया लाग्छ,’ ओलीले भने, ‘यो पार्टी एकता पनि त्यस्तै–त्यस्तै हो । एकता भइसकेपछि सबै कुरा थाहा हुन्छ ।’

दाहालले पार्टी एकता गर्दा दुवै पार्टीका संवेदनशीलतालाई गहिरो गरी आत्मसात् गर्नुपर्ने कुरा उठाएपछि ओलीको त्यस्तो प्रतिक्रिया आएको हो । दाहालले पार्टी नेताहरू पनि मान्छे नै भएकाले मन भड्काउने प्रयास हुन सक्नेतर्फ नेताहरूलाई ध्यानाकृष्ट गर्दै दुवै पक्षको संवेदनशीलतालाई बुझ्न प्रयास हुनुपर्नेमा जोड दिएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट 

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...