Date Wednesday, 2018 May 23
Studio Time 04:20:00 NST
News »
प्रवास
जोर्डनमा नेपाली महिला कामदार सवार बस दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

 

काठमाडौं, वैशाख ५ । जोर्डनको पेत्रास्थित मानस क्षेत्रमा नेपाली महिला कामदार चढेको बस दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् ।

बिदाको दिन घुम्न जाँदा गत शुक्रबार बस दुर्घटना भएको थियो । बसमा २० नेपाली महिलासहित ४६ विदेशी कामदार थिए ।

घटनास्थल जोर्डनको राजधानी अम्मानबाट २२० किलोमिटर दक्षिणमा पर्छ ।

जोर्डन मामला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा रविना राई छिन् । जोर्डनस्थित अवैतनिक दूतले दूतावासलाई उपलब्ध गराएको सूचनाअनुसार गम्भीर घाइतेमा ३६ वर्षीया गीता राई, २० वर्षीया सरिता, २७ वर्षीय निर्मला, २३ वर्षीया सम्झना, २७ वर्षीय एकमैया, २० वर्षीय अम्बिका र २३ वर्षीय पवित्रा छन् ।

उनीहरुलाई अम्मानस्थित किङ हुसेन मेडिकल सिटीको आइसीयु कक्षमा उपचार भइरहेको राजदूत झवीन्द्रप्रसाद अर्यालले जानकारी दिए । –कान्तिपुर दैनिकबाट 

Program Schedule
News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM Add 7.10AM - 7.15AM View all
Dedicate A Song
Public Poll

Loading...