Date Thursday, 2018 Apr 26
Studio Time 04:20:00 NST
News »
देश
पुनर्निर्माणबाट धमाधम दाताहरु पन्छिदैं, बैठकमा बोलाउँदा पनि आउन छाडे

 

काठमाडौं, वैशाख ४ । भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा आर्थिक सहायताको प्रतिबद्धता व्यक्त गरेका कतिपय दातृ निकाय पछिल्लो समय पन्छिन थालेका छन् ।

भूकम्प गएको तीन वर्ष बित्नलाग्दा घोषित सहायता उपलब्ध गराउन त परै जावस, पछिल्लो समय त्यस्ता दातृ निकायहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बोलाएको बैठकमा समेत आउन छोडेका छन् ।

प्राधिकरणले उपस्थित हुन पत्राचार गरे पनि पछिल्ला बैठकमा ती दातृ निकायका प्रतिनिधि उपस्थित नभएको जनाएको छ ।

यसरी उपस्थित नहुने दातृ निकायमा साउदी अरेयिबा, नेदरल्याण्ड, नर्वे, स्विडेन, अस्ट्रेलिया, टर्की, अस्ट्रिया, पाकिस्तान, बंगलादेशलगायत छन् । २०७२ वैशाख १२ को भूकम्पलगत्तै सरकारले आयोजना गरेको दाता सम्मेलनमा ती निकाले घोषणा गरेको कुल रकम नौ खर्ब रुपैयाँ भन्दा बढी छ । –नागरिक दैनिकबाट 

Program Schedule
Dedicate A Song
Public Poll

Loading...