Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
नेपालकै कारण भारु साटिएन, प्रधानमन्त्रीको भारत भ्रमणमा औपचारिक रुपमा कुरा नै उठाइएन

 

काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र एक हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ ।

प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दावी पनि गरेका थिए । प्रमको भ्रमणमा समेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ ।

भारतका अर्थमन्त्री अरुण जेटली बिरामी भएका कारण यो विषयमाथि छलफल नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । –कान्तिपुर दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...