Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
संघीय संसदमा १६ समिति रहने

 

काठमाडौं, वैशाख ४ । संघीय संसदमा १६ वटा संसदीय समिति रहने लगभग टुंगो लागेको छ ।

प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ तथा दुवै सभाका संयुक्त दुईवटा समिति रहनेछन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले गठन गरेका छुट्टाछुट्टै नियमावली मस्यौदा समितिले नियमावलीलाई अन्तिम रुप दिइरहँदा समितिहरुको संख्या टुंगो लागेको हो ।

वैशाख अन्तिम साता बस्ने सम्भावना रहेको संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमै दुवै सभाका नियमावली मस्यौदा पेस गर्न समितिले काम अघि बढाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले समितिहरुले काम अन्तिम चरणमा पुर्‍याइसकेको बताए । –कान्तिपुर दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...