Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
राजधानीका ७ स्थानमा मात्र विरोध गर्न पाइने, यस्ता छन् विरोध प्रदर्शन गर्न पाइने स्थान

 

काठमाडौं, वैशाख ३ । विरोध प्रदर्शनका नाममा काठमाडौंमा जथाभावी नारा, जुलुस, धर्ना र सभाजस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ ।

वैशाख १६ गतेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाठौंले सहरका ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो ।

सडकमा विरोध प्रदर्शन हुँदा ट्राफिक जाम बढ्ने, सवारी आवागमनदेखि महत्वपूर्ण कार्यमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्यकीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रदर्शन गर्ने स्थान तोकिदिएको हो ।

आइतबार बसेको सुरक्षा समितिको बैठकबाट काठमाडौंमा निषेधित क्षेत्र बढाउँदै असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रदर्शन गर्न पाइने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौंको खुलामञ्च, तीनकुनेको खाली रहेको चौर, भगवान पाउको भुइखेल चौर, पेप्सीकोलाको खेलमैदान, सानोगौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरलाई विरोध प्रदर्शन स्थल तोकिएको हो । –नागरिक दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...