Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
देश
प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

 

काठमाडौं, वैशाख २ । प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ ।

प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् ।

गृह मन्त्रालयले प्रदेश गृह मन्त्रालयमा सहसचिव पठाउने निर्णयसँगै अतिरिक्तमा परेका एआईजीले अवकाश पाइसकेका छन् । गृहले डीआईजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले एक साताभित्रै मस्यौदा कानून मन्त्रालयमा पठाउने तयारी गरेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...