Date Monday, 2018 Jul 16
Studio Time 04:20:00 NST
News »
खेलकुद
थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मी उपविजेता

 

विराटनगर, चैत २७ । त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्रीस्टार क्लबले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।

विराटनगरको शहीद रंगशालामा सोमबार साँझ भएको खेलमा थ्रीस्टारलाई उपाधि जिताउन विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे ।

उपाधि विजेता थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको भित्रुवन आर्मी क्लबले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

फाइनलमा थ्रीस्टारका अजायी मार्टिन म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ दि टुर्नामेन्ट भएका थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए । उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल बम, उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, डिफेन्समा आर्मीका विमल पाण्डे र चार गोल गरेका थ्रीस्टारकै विमल घर्तीमगर सर्वाधिक गोलकर्ता घोषित भए ।

उनीहरु सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । 

Program Schedule
Radio Opening 5.00AM - 12.00AM News Sajhakhabar (CIN) 6.00AM - 6.30AM 10 Minute 6.30AM - 6.40AM Add 6.40AM - 6.45AM Rasifal 6.45AM - 7.00AM Limbu News 7.00AM - 7.10AM View all
Dedicate A Song
Public Poll

Loading...